विराटनगर । बुवाको निधनपछि किरिया बसेका नेकपा (एमाले)का नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले आफू मतदाताहरुसँगै रहेको बताएका छन् ।
निर्वाचनको प्रचारप्रसारकै क्रममा बुवाको निधनपछि किरिया बसेका ढकालले आज भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि पार्टीका नेता, कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताएका हुन् ।
‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ ढकालले भने, ‘अहिलेको परिस्थितिपछि म तपाईंहरू बीचमा आएर सुझावहरु लिने नै छु ।’
नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्नेतर्फ क्रियाशील रहने बताए ।
मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचनमा उम्मेदवार छन् । उनलाई पराजित गर्नेगरी नेता ढकाल चुनावी मैदानमा उत्रिएका छन् ।
एमालेभित्र आफ्ना आवाजहरुलाई बुलन्द पार्ने नेताको रुपमा चिनिएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित छन् ।















प्रतिक्रिया