८ कार्तिक २०८३, आइतबार

भरतपुर अस्पतालमा एघार हजारले लिए सुत्केरी सेवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १९ साउन । चितवनको भरतपुर अस्पतालमा आर्थिक वर्ष २०७१÷७२ मा ११ हजार ३६४ जनाले सुत्केरी सेवा लिएका छन् ।

अस्पतालमा आठ हजार ३१६ ले साधारण सुत्केरी गराएका छन् भने शल्यक्रिया गरेर सुत्केरी सेवा लिनेको सङ्ख्या दुई हजार ४६५ रहेको अस्पतालले जनाएको छ ।

यस्तै जटिलतायुक्त सुत्केरी सेवा ५८३ ले लिएको अस्पतालका तथ्याङ्क इकाईका प्रमुख नारायण रिजालले जानकारी दिनुभयो ।

अस्पतालमा १४० मृतक जन्मिएकोे, २२ जुम्ल्याहा बच्चा जन्मिएको, जन्मिएपछि आठ बच्चाको मृत्यु भएको तथ्याङ्क छ । सुत्केरी गराउँदा दुई महिलाको मृत्यु भएको छ ।

यो कुल सुत्केरी सेवा लिने महिलाको ०.०२ प्रतिशत रहेको छ । उल्टो बच्चा जन्मिनेको सङ्ख्या ५३ रहेको छ । कुल सुत्केरी सेवा लिनेबाहेक सो अस्पतालमा ७३८ जना सुत्केरी महिलामा जटिलता व्यवस्थापन गरिएको छ ।

भरतपुर अस्पतालमा अघिल्लो वर्ष आर्थिक वर्षको तुलनामा एक हजार २०० बढी महिलाले सुत्केरी सेवा लिएका छन् । अस्पतालमा प्रसूति तथा स्त्री रोग सेवाका लागि ११५ श्यया छुट्याइएको छ ।

चौबिसैँ घन्टा सबै प्रकारको शल्यक्रिया सुविधा, सुरक्षित सुत्केरी सेवा प्रदान गरिने र अन्य प्रकारका रोग महिलामा भएमा पनि विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध भएकाले सर्वसाधारणमा भरतपुर अस्पतालप्रति विश्वास बढेको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख डा सुनिलमणि पोख्रेलले दाबी गर्नुभयो ।