काठमाडौं, २० साउन । एमालेका ३८ जना जनजाति सभासद्ले नयाँ संविधानलाई समावेशी बनाउन माग गर्दै पार्टी अध्यक्ष केपी ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
एमाले सचेतक गोकुल घर्तीको नेतृत्वमा ३८ जना सभासद्ले संविधान निर्माणमा समावेश गर्नुपर्ने सवालहरु सम्मिलित ज्ञापनपत्र मंगलबार अध्यक्ष ओलीलाई बुझाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
असन्तुष्ट ३८ जना जनजाति सभासद्ले मौलिक हक, भाषासम्बन्धी, न्यायप्रणाली, स्थानीय सरकार, धर्म, राष्ट्रिय जनावरलगायत ११ वटा सवालमा असहमति जनाउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
सबै जातिलाई राज्यका सबै अंग, निकाय र क्षेत्रमा समानुपातिक समाबेशी सिद्दान्तका आधारमा सहभागिता सुनिश्चित गर्न मौलिक हकमा व्यवस्था गर्नुपर्ने, अल्पसंख्यक लोपोन्मुख र सीमान्तकृत जातिलाई विशेष आरक्षण र संरक्षित क्षेत्रको व्यवस्था गरी राज्यका सबै तहमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।















प्रतिक्रिया