पोखरा । मतदाता भेटघाटका क्रममा पोखरा महानगरपालिका–१७ पुगेका नेकपा (एमाले)बाट कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यलाई स्थानीय बासिन्दाले जितेर गएपछि कानून निर्माणमा आफ्नो सशक्त भूमिका खेल्न आग्रह गर्दै जितको अग्रिम शुभकामना दिएका छन् । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित चुनावी प्रचारको क्रममा पोखरा–१७ मा पुगेका उम्मेदवार आचार्यलाई स्थानीयले जितको अग्रिम शुभकाममा दिएका हुन् ।
भेटका क्रममा स्थानीय मतदाताले समानान्तर विकासमा जोड दिन आग्रह गरे । उनीहरुले वडामा विकासले क्रमशः गति लिएको बताउँदै बजार एरियाबाट भित्रि क्षेत्रमा सडक, बाटो, ढल लगायत विकास निर्माणका काममा साथ दिन आग्रह गरे ।
सोही अवसरमा विकास प्रेमी, जनतामुखी उम्मेदवार आचार्यले सूर्य चिन्हमा मतदान गरी काम गर्ने अवसर दिन आग्रह गरे । आफू जितेर गएपछिको मुख्य जिम्मेवारी राम्रो कानून बनाउने रहेको आचार्यले बताए । उनले भ्रष्टाचारविरुद्ध, सुशासनको पक्षमा सधै सदनमा आवाज उठाउने भन्दै कास्की–२ का मतदाताको शिर ठाडो पार्ने गरी काम गर्ने बताए ।









प्रतिक्रिया