१ कार्तिक २०८३, शनिबार

टाटाको भ्यालेन्टाइन विशेष ‘एक्सचेन्ज विथ लभ’ : पुराना गाडीसँग नयाँ टाटाको गाडी साट्न सकिने

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेन्टाइन सप्ताह–२०२६ को अवसरमा, फागुन १ गते देखि फागुन ३ गतेसम्म (१३ फेब्रुअरीदेखि १५ फेब्रुअरी, २०२६) भ्यालेन्टाइन स्पेशल ‘एक्सचेन्ज विथ लभ’कार्यक्रम गर्ने भएको छ ।

यस अफरअन्तर्गत पुरानो गाडीलाई डाउनपेमेन्ट राखेर टाटा मोटर्सको नयाँ ईभी र आइस रेञ्जका गाडीहरु लैजान सकिने कम्पनीले जनाएको छ । यो अवधिमा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटा ब्राण्डका पेसेन्जर श्रेणीअन्तर्गत नेपालमा सर्वाधिक रुचाइएका अत्याधुनिक प्रविधियुक्त टाटा गाडीहरु साट्न सकिनेछ । यो कार्यक्रम टाटा मोटर्सको देशभर रहेका शोरुमहरुमा आयोजना हुन लागेको हो ।

‘एक्सचेन्ज विथ लभ’ योजनाअन्तर्गत गाडी खरिद गर्ने ग्राहकहरुले आकर्षक छुट, आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफटाइम निःशुल्क चार्जिङ र १ वर्षको वार्षिक सवारी कर, निःशुल्क चार्जिङ बक्स जडानसहित हरेक बुकिङमा आकर्षक उपहारहरु समेत प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।

यस्तै, यस अवसरमा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्नसक्ने कम्पनीले जनाएको छ ।