– सुदीप अधिकारी
बर्दिया, १९ साउन । अब बन्ने नयाँ संविधानमा नेपाल हिन्दू राष्ट्र लेखिनुपर्ने माग गर्दै आज मंगलबार बर्दिया बन्द गरिएको छ ।
बन्दले बर्दियाको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । बन्दका कारण सदरमुकाम गुलरिया, भुरिगाउँ, सानोश्री, बासगढी, मैनापोखर,राजापुर लगाएतका बजार पूर्णरुपमा बन्द भएका छन् । यहाँका विद्यालय, उद्योग तथा कलकारखाना पनि बन्द छन् ।
हिन्दु राष्ट्रको माग गर्दै आह्वान गरिएको बन्दमा स्वस्फूर्तरुपमा जनता सडकमा उत्रेका छन् । बन्दका कारण राजमार्गमा छिटफुटमा मोटरसाइकल चले पनि ठूला सवारी साधान चलेका छैनन् । पूर्वबाट सोमबार छुटेका रात्री बसहरुलाई भने बन्दकर्ताले विहान गन्तव्य सम्म पुग्नका लागि छाडेका थिए । अन्य छोटा दुरीका सवारीसाधन भने बाटैमा रोकिएका छन् । पश्चिमबाट छुटेका सवारीसाधन भुरिगाउँबजारमा रोकिएका छन् । यसैगरी पूर्वबाट छुटेका छोटादरीका बन्दकर्ताले बासगढी बजारमा रोकेका छन् । बन्दका कारण यात्रुलाई सास्ती भएको छ ।

बाटोमा अलपत्र परेका सवारीसाधनलाई प्रहरी स्कटिग गरेर लौजाने प्रयास गरेपनि बन्दकर्ताको विरोधका कारण प्रहरीले स्कटिग गर्न सकेको छैन । सदरमुकाम गुलरिया, भुरिगाउँ, बासगढीमा बन्दकर्ताको बाक्लो उपस्थिती रहेको छ ।
बन्दमा अहिलेसम्म कुनै अप्रीय घटना नभएको प्रहरीले बताएको छ । बन्दका बेला कुनै घटना हुनसक्ने भन्दै राजमार्ग र बजार क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ ।
















प्रतिक्रिया