३१ असार २०८३, बुधबार

डोजर लगाउनेबाट सुकुम्बासी समस्या समाधान हुन्न : दाहाल

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक । नेकपा एमालेका केन्द्रिय सदस्य देवेन्द्र दाहालले काठमाडौंमा डोजर चलाएर खेदाउने बालेन शाहाबाट सुकुम्वासी समस्या समाधान नहुने बताएका छन् ।

झापाको दमकमा अखिल नेपाल महिलासंघ दमक नगर समितिले आयोजना गरेको नगर स्तरिय छलफल कार्यक्रमलाई सम्बोधन गदै उनले उक्त धारणा राखेका हुन् । झापा–५ अन्र्तगतको कमल गाउँपालिका स्थित सुकुम्बासी बस्तिमा पुगेर समस्या चाँडै समाधान गर्ने भनि दिएको अभिब्यक्तीलाई प्रस्ट पार्ने क्रममा दाहालले यस्तो धारणा राखेका छन् ।

नेकपा एमालेको नेतृत्वमा सरकार भएको अवस्थामा देशैभरी सुकुम्वासी र अब्यवस्थित बसोवासीको समस्या गर्न सुकुम्वासी आयोग नै बनाएर धेरैलाई धनिपुर्जा बितरण गरेको जानकारी दिए ।

निर्वाचनको सम्मुखमा एक जना उम्मेद्वारले निर्वाचन आचारसंहिता बिपरित जनतालाई झुट्टा आश्वासन दिनु गलत भएको उनको भनाइ छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा झापामा संचालित ठुला–ठुला योजनाको बजेट काटौति गरेको अहिलेको सरकार जनतालाई मुर्ख बनाउने काम गरिरहेको उनले बताए ।

झापामा सञ्चालन भइरहेका नेपालको गौरवका योजना मध्ये चिन नेपाल मैत्री औद्योगिक पार्क, दमक ब्यवसायिक भवन सञ्चालन र यही आसपास क्षेत्रको १०० बिगाहामा गरिने टाउन प्लानिङको बजेट समेत काटौति गरिएको छ । दमकमा नै निर्माण सम्पन्न भएको दमक सभाहल, दमक रबि चिसापानी सडक निर्माण, मदनभण्डारी रंगशाला निर्माण लगायतका योजनाको सम्पुर्ण बजेट अहिलेको सकारले काटौति गरेको उनले बताए ।

फेरी झापाली जनतालाई नै झुक्याएर पुन गलत आश्वासन बाँडिरहेको समेत उनको दावी छ ।