काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडे लगत्तै इञ्जिनमा आगो लागेको विमान भारतको कलकत्तामा सकुशल अवतरण भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२७ ए–३३३ बिमानको इन्जिनमा आगो लागेको थियो ।
‘राइट इन्जिन अन फायर’ को संकेत देखिएपछि जहाजलाई कलकत्ता डाइभर्ट गरिएको थियो । घटनापछि जहाजलाई केही समय आकाशमै होल्ड गराई आवश्यक प्रक्रिया पूरा गरेर दिउँसो ३ बजेर ३ मिनेटमा अवतरण गराइएको हो ।
सबै यात्रु तथा चालक दल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।















प्रतिक्रिया