काठमाडौं, १९ साउन । संसद अवरुद्ध गर्ने भारतीय कांग्रेस पार्टीका २५ सांसदमा निलम्बनमा परेका छन् ।
उनीहरुलाई भारतको तल्लो सदन लोकसभाकी अध्यक्ष सुमित्रा महाजनले संसदको कारबाही अघि बढाउन व्यवधान उत्पन्न गरेको भन्दै ५ दिनका लागि निलम्बित गरेकी हुन् । भारतका अहले कांग्रेस अहिले प्रमुख प्रतिपक्षी दल हो ।
‘बारम्बार सदनमा आएर हल्ला गरेर काम कारबाहीमा बाधा गरेकाले मैले यस्तो फैसला गरेकी हुँ’ उनले निलम्बनको आदेश सुनाउँदै भनिन् । महाजनले निलम्बित सांसदले यो रवैया नसुधारे भविष्यमा उनीहरुलाई कडा कारबाही हुने चेतावनी पनि दिएकी छन् ।
महाजनको आदेशपछि कंग्रेस आईका सांसदहरुले ‘तानाशाही चल्दैन‘ भन्दै चर्को नाराबाजी गरेका थिए । यसअघि कंग्रेसका आईका सांसदले आइपीएलका पूर्व आयुक्त ललित मोदीलाई विदेश मन्त्री सुष्मा स्वारजले सहयोग गरेको लगायतका मुद्धामा संसदमा नाराबाजी गरेका थिए ।
लोक सभाका कुल ५ सय ४५ सिटमध्ये कंग्रेसका ४४ जना सांसद रहेका छन् । लोकसभामा यति धेरै सांसदलाई निलम्बन गरिएको यो पहिलो पटक हो ।
















प्रतिक्रिया