काठमाडौं । पेसागत महासंघ नेपालका पूर्वअध्यक्ष प्रमोद शर्मा पुनः नेकपा (एमाले)मा फर्किएका छन् ।
पहिलो निर्वाचित कम्युनिष्ट सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीका सल्लाहकार लगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका शर्मा आफूले निर्माण गरेको राजनीतिक घरमा पुनः फर्किएको बताइएको छ । शर्माले यसअघि एमाले पेसागत/बुद्धिजीवी जिल्ला कमिटी धादिङका संस्थापक सचिव तथा उपत्यका समन्वय कमिटीका तत्कालीन सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका थिए ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव पद्मा अर्याल, भानुभक्त ढकाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।
प्रतिनिधिसभा निर्वाचनको मुखमा शर्माको पुनः प्रवेशलाई राजनीतिक रूपमा विशेष अर्थ राख्ने घटनाका रूपमा हेरिएको छ ।








प्रतिक्रिया