३० आश्विन २०८३, शुक्रबार

सार्क सम्मेलन पोखरामै गर्न पोखरेली व्यवसायीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saarc-logo

कृपा भण्डारी

पोखरा, ३० जेठ । आगामी नोभेम्वरको अन्त्यतिर नेपालमा हुने १८ औं सार्क शिखर सम्मेलन स्थल पोखरालाई नै तोक्न पोखरेली पर्यटन व्यवसायीले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले अहिलेसम्म औपचारिक रुपमा घोषणा स्थल घोषणा नरि नसकेको भन्दै उनीहरुले यस्तो माग गरेका हुन् ।

‘पोखरा सार्क सम्मेलन स्थलको रुपमा हरेका दृष्टिले उपयुक्त छ,’ पश्चिमाञ्चल होटल संघ पोखराले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले भन्नुभयो, ‘प्रधानमन्त्री र उनका स्वकीय सचिव समेत पोखरालाई सम्मेलनस्थल घोषणा गर्न सकारात्मक रहेको हुनुहुन्छ ।’

उहाँले पोखरामा सम्मेलन भए ठूला कार्यक्रम राजधानी बाहिर पनि हुन सक्छन् भन्ने सन्देश जाने र पश्चिमाञ्चलकै पर्यटकीय विकासमा योगदान पुग्ने भएकाले पनि सम्मेलन पोखरामै गर्नुपर्ने बताउनुभयो ।

सडक, शान्ति सुरक्षा, सहज पहुँच, खानपान र बसोबासको उचित प्रबन्ध, आकर्षण र सुविधा, सबै पक्षहरुमा पोखरा सबल रहेको समेत उहाँको भनाई थियो । ‘विमानस्थल, खानपान, बसोबास, प्राकृतिक सुन्दरता, सरसफाई र अस्पतालका दृष्टिले समेत पोखरा उपयुक्त,’ उहाँले भन्नुभयो । पत्रकार सम्मेलनमा संघका सल्लाहकार एवं नेपाल पर्यटन वोर्डका पूर्व सदस्य विश्वशंकर पालिखेले माल्दिभ्सको सानो टापुमा समेत सार्क सम्मेलन भएको, त्यहाँ कुनै जहाज नगएको स्मरण गराउँदै राजधानीबादका कारण पोखरामा सम्मेलन नगर्ने षडयन्त्र भइरहेको बताउनुभयो । सुरक्षाको सवालमा राजधानी भन्दा पोखरा सुरक्षित रहेको र पाहुनाहरु यहाँ आउँदा सबैले ठूला जहाज नै लिएर नआउने बताउनुभयो ।

संघका सल्लाहकार गोविन्दराज पहारीले पोखरामा सम्मेलन गर्न नदिन गिरोह नै सक्रिय भएको बताउँदै प्रधानमन्त्रीको रुची पोखरा हुँदा हुँदै स्वार्थवस यसलाई काठमाडौंमा गर्न खोजिएको बताउनुभयो ।