काठमाडौं, १९ साउन । सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमका हत्यामा संलग्न अभियुक्त भगवान भनिने संजय स्माइली मगर नेपाललाई हस्तान्तरण गर्न साउदी अरब सरकारले अस्वीकार गरेको छ ।
इन्टरपोलको रेडकर्नर नोटिसमार्फत खोजी गरिएका रामेछाप खनियापानी ५ का मगर गत चैत १० गते साउदीबाट पक्राउ परेको समाचार कारोबार दैनिकले छापेको छ ।
अदालतको आदेश नआएसम्म मगरलाई हस्तान्तरण गर्ने, नगर्नेबारे केही निर्णय लिन नसकिने जवाफ साउदी सरकारको छ ।















प्रतिक्रिया