३१ असार २०८३, बुधबार

मधेसका १ हजार २४६ मतदानस्थल अति संवेदनशील

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम । मधेस प्रदेशका साढे १२ सय मतदानस्थतल अतिसंवेदनशील रहेको बताइएको छ ।

२ हजार १६० मतदानस्थलमध्ये १ हजार २४६ मतदानस्थल अतिसंवेदनशील रहेको हो ।

बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मधेस प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामा ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य रहेको जानकारी दिइएको छ ।

मधेस प्रदेशमा कुल ४ हजार ४७१ मतदान केन्द्र छन् । विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी एक हजार २८ जना उम्मेदवार छन् ।