१० कार्तिक २०८३, मंगलबार

काठमाडौं–तराई द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण गरेकी छन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाडौं–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको जनाएको छ ।