८ कार्तिक २०८३, आइतबार

नेपालमा भूकम्प आउने ठाउँको अध्ययन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-epicenter-earthquakeकाठमाडौँ, १८ साउन । खानी तथा भूगर्भ विभागले यो आवमा भूकम्प प्रभावित क्षेत्रमा भूगर्भसम्बन्धी अध्ययन गर्ने भएकोे छ ।

भूकम्पले क्षति पु¥याएको स्थानमा बस्न योग्य छ कि छैन भनी अध्ययन गर्ने विभागका प्रवक्ता कृष्णदेव झाले राससलाई जानकारी दिनुभयो ।

उहाँले भूकम्पले क्षति पुगेका स्थानमा पहिरो जान्छ कि जाँदैन भनेर अध्ययन गरिने साथै त्यसका लागि विभागबाट भूगर्भविद्को टोली खटाउने समेत बताउनुभयो । झाले भूकम्पीय अध्ययनका लागि विभागमा आवश्यक उपकरण खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

यसअघि विभागले भूकम्प प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, ललितपुरलगायतका जिल्लाको खानीको अध्ययन गरिककेकाले बाँकी भूकम्प प्रभावित जिल्लाको खानीको बारेमा छिट्टै अध्ययन गरिने बताउनुभयो ।

यस्तै भूकम्पको मापनका लागि छुट्टै केन्द्र स्थापना गर्नेसम्बन्धी छलफल भएको बताउनुभयो । रासस