८ कार्तिक २०८३, आइतबार

बालकलाई बलि दिने ११ अभियुक्तलाई मृत्युदण्ड !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बली चढाएका भनिएका १० वर्षका बालक सोनु भन्ने मृतक बालक जीवन कोहार ।
बली चढाएका भनिएका १० वर्षका बालक सोनु भन्ने मृतक बालक जीवन कोहार ।

नवलपरासी, १८ साउन । नवलपरासीमा बालक जीवन कोहारलाई बलि दिने अभियुक्तहरुलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै आज बालकका आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

दश वर्षीय बालक जीवनलाई बलि दिने कार्यमा संलग्न मुख्य योजनाकार कोदाई हरिजनसहित पक्राउ परेका सबै दोषीलाई मृत्युदण्डको सजायँ हुनुपर्ने माग राख्दै स्थानीयवासीले अदालत र प्रशासनलाई दबाब दिन परासीमा प्रदर्शन गरेका हुन् ।

बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्ति सयौंको सङ्ख्यामा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले अभियुक्त कोदाई हरिजनसहित पक्राउ परेका ११ जनालाई एकैसाथ फाँसीमा झुड्याउन त्यो नभए आजीवन जेल सजायँ दिन माग राख्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।

नवलपरासीका कुडियास्थित शिव शम्भु प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययरत बालक जीवनको गत साउन ५ गते बलिको नाममा हत्या गरिएको थियो । सो घटनामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । रासस