१ कार्तिक २०८३, आइतबार

सुशील अमेरिका जाँदा रामचन्द्र कार्यबाहक सभापति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Ramchandra

काठमाडौ, ३० जेठ । स्वास्थ्य उपचारका लागि अमेरिका जाने तयारीमा रहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति सुशील कोइरालाले उपसभापति रामचन्द्र पौडेललाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी दिनुहुने भएको छ ।

फोक्सोमा देखिएको क्यान्सरको उपचार र जिब्रोको क्यान्सरको नियमित परिक्षणको लागि कोइराला आगामी साता अमेरिका जाने तयारीमा हुनुहुन्छ । संसदीय दलको नेता चयनका क्रममा भएको सहमति अनुसार कोइरालाले उपसभापति पौडेललाई कार्यबाहक सभापतिको जिम्मेवारी दिन लाग्नुभएको हो । काँग्रेस नेता डा शेखर कोइरालाले प्रधानमन्त्रीले पूर्व सहमति अनुसार पौडेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने गरी छलफल गरिरहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीले बरिष्ठ नेता शेरबहादुर देउवासँग पनि यस विषयमा छलफल गरिसकिएको बताइएको छ ।

यसअघ पौडेललाई बरिष्ठ उपप्रधानमन्त्री दिएर कार्यबाहक प्रधानमन्त्रीको समेत जिम्मेवारी दिने गरि छलफल भएको भए पनि गठबन्धन दलमा दरार ल्याउने स्थिति उत्पन्न भएपछि सो निर्णयबाट प्रधानमन्त्री ब्याक भएको बताइएको छ । अब कार्यबाहक प्रधानमन्त्री बामदेब गौतम नै रहने बताइएको छ ।

प्रधानमन्त्री कोइरालाले अमेरिका जानु अघि नै मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्यको मनोनयन टुङग्याउने गृहकार्य समेत गरिसक्नुभएको छ। त्यस्तै रिक्त संबैधानिक निकाय र राजदुत नियूक्तिको विषयलाई पनि टुङग्याएर अमेरिका जाने तयारीमा प्रधानमन्त्री रहेको स्रोतले जनाएको छ ।