८ कार्तिक २०८३, आइतबार

ललितपुरका कृष्णबहादुरको लास दाङमा भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

death-bodyतुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले दिनुभएको जानकारीअनुसार बिहान वनमा च्याउ खोज्न गएका स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका हुन् ।

यसअघि घर्ती हराएको र मानसिक रोगीसमेत रहेको भन्दै खोजी गरिदिन उनका आफन्तजनले वडा प्रहरी कार्यालय, लमहीमा जाहेरी दर्ता पनि गराएका थिए । उनको मृत्युबारे प्रहरी थप अनुसन्धान गर्ने भएको छ । रासस