काठमाडौं, १८ साउन । जबरजस्ती शौचालय सफा गर्ने हर्पिक खुवाउदा असक्त भएकी मौवाही–२ बस्ने १४ बर्षीया अमृता सहनीको बीर अस्पताल काठमाडौमा आइतबार उपचारकै क्रममा मृत्यु भएको छ ।
लहान नगरपालिका–८ स्थित राकेस होटल एण्ड लजमा काम गर्ने धनगढी–२ बस्ने ३८ बर्षीय बिनोद बस्नेतले सोही होटलमा काम गर्ने सहनीलाई गत बैशाख १२ गते जवरजस्ती हर्पिक खुवाएका थिए ।
प्रहरीले अभियुक्त बस्नेतलाई बैशाख २८ गते नै पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्त बस्नेतले ग्राहकसँग यौनसम्बन्ध राख्न अस्वीरकार गरेका कारण महिला कामदारमाथि यस्तो जबरजस्ती गरेको वयान दिएका छन् । थप अनुसन्धान प्रहरीबाट भइरहेको छ ।















प्रतिक्रिया