काठमाडौँ, १८ साउन । पूर्व प्रमुख निर्वाचन आयुक्त सुन्दरप्रसाद साहको गएराति ८३ वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि घाँटीको ट्युमरबाट पीडित पूर्व प्रमुख आयुक्त शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा गएराति निधन भएको उहाँका छोरा सञ्जीवप्रसाद साहले जानकारी दिनुभयो ।
निजामति सेवामा लामो अनुभव सम्हाल्नुभएका साह सूचना तथा सञ्चार र गृह मन्त्रालयको सचिव समेत रहनुभएको थियो ।
निजामति सेवाबाट निवृत्त भएपछि उहाँले पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्ष, तत्कालीन राजपरिषद् स्थायी समितिको सदस्य र प्रमुख निर्वाचन आयुक्त भई काम गर्नुभएको थियो ।
उहाँको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उहाँका एक छोरा र एक छोरी हुनुहुन्छ । रासस















प्रतिक्रिया