८ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्रीलाई उपहारस्वरुप दिइयो अमेरिकाकै सर्वोच्च शिखरको ढुङ्गा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

drकाठमाडौँ, १८ साउन । प्रधानमन्त्री सुशील कोइरालालाई कृतिमानी विश्व पर्वतारोही एवम् अल्ट्रा धावक सञ्जय पण्डितले अमेरिका महादेशकै सर्वोच्च शिखर अर्जेन्टिनास्थित अकोन्कगुआ चुचुरोको ढुङ्गा साहसिक चिनोका रुपमा प्रदान गर्नुभएको छ ।

सात महादेशका सातै सर्वोच्च हिमाल आरोहणको सिलसिलामा सञ्जयको अब अन्टार्टिका महादेशको भिन्सन मसिफ शिखर मात्र चुम्न बाँकी छ ।

प्रधानमन्त्री कोइरालाले आरोही सञ्जयले विश्व समुदायमा नेपाललाई परिचित गराउन योगदान पु¥याएको भन्दै आगामी आरोहणका लागि सफलताको शुभकामना दिनुभयो ।

आरोही सञ्जयले यसअघि उक्त ढुङ्गाको आधा भाग खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई हस्तान्तरण गरिसक्नुभएको छ ।