८ कार्तिक २०८३, आइतबार

खाना पकाउँदा ग्यास सिलिन्डर पड्केर महिलाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gasलहान, १८ साउन । खाना पकाउने ग्यासको सिलिन्डर पड्केर सिरहा नगरपालिकामा गएराति एक महिलाको मृत्यु भएको छ ।

खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७ माड्र निवासी पप्पु मुखियाको २० वर्षीया श्रीमती बबिता मुखियाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी बबिताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षण पश्चात अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाएको छ । रासस