४ कार्तिक २०८३, बुधबार

पार्टी कब्जा गर्न खोज्दा आफै संकटमा फसे कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-koiralaकाठमाडौं, १८ साउन । नेपाली कांग्रेसको महाधिवेशन पनि नेविसंघ र नेपाल तरुण दलकै हालतमा पुग्ने लगभग निश्चित देखिएको छ ।

गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशनको मिति फेरि सारिएको छ । शनिबार बसेको केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठकले गाउँ र नगरको अधिवेशन भदौ १७, क्षेत्रको २२ भदौ र जिल्ला अधिवेशन २५ भदौका लागि सार्ने निर्णय गरेका कारण कांग्रेसको १३ औं महाधिवेशन अनिश्चित बनेको हो ।

संविधान जारी गर्ने मितिसँग गाउँ, नगर, क्षेत्र र जिल्लाको अधिवेशन जुधेको भन्दै फेरि मिति सारिएको हो । तर, गाउँदेखि जिल्ला अधिवेशनको मिति सारिए पनि महाधिवेशनको मिति भने यथावत छ । असोज २ गतेदेखि गर्ने पुरानै मितिलाई कायम राखिएको छ । तर, २५ गते जिल्ला अधिवेशन गरेर त्यसको ५ दिनपछि असोज २ देखि महाधिवेशन हुने कुनै सम्भवना छैन । ३२ गतेसम्म संविधान घोषणा गर्ने कार्यतालिका बनाउन कोइरालाले नै नेतृत्व गरेका थिए ।

१ भदौमा आफ्नो गाउँ, नगरको अधिवेशनबारे जानकारी हुँदाहुँदै पनि कोइरालाले यस्तो कार्यतालिका बनाएका हुन् । सोही कारण आफ्नै गुटको सल्लाहमा कोइरालाले स्थानीय अधिवेशन दाेस्रोपटक पनि सारेका हुन् । सबैतिर नेता शेरबहादुर देउवाको पक्षमा माहोल बन्दै गएकोले कोइरालाले जानकारी भएरै आफू अनूकूल महाधिवेशन गर्ने तयारी स्वरुप फेरि स्थगित गराएका हुन् ।

अधिवेशन लम्ब्याउन उनैले क्रियाशील सदस्यतातको विवादलाई चर्काउन लगाएका थिए । यसरी महाधिवेशन पनि लम्ब्याउने र सरकार पनि नछोड्ने शैलीका कारण सत्तासहयोगी दल एमाले पनि चिढिएको छ । महाधिवेशनको निहुँ देखाएर सत्ता लम्ब्याउन खोजे सरकार छोड्ने चेतावनी एमालेले दिइसकेको छ । तरुण साप्ताहिकमा खबर छ ।