जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह जनकपुर आइपुगेका छन् ।
आइतबार काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर पार्टी कार्यालय घण्टीघर पुगेर पदभार ग्रहण गरी उनी सभापति रवि लामिछानेसँगै जनकपुर आएका हुन् । उनीहरुलाई जनकपुर विमानस्थलमा रास्वपाका नेता तथा कार्यकर्ताहरूले स्वागत गर्ने क्रममा विमानस्थलको एउटा सिसाको ढोका समेत फुटेको छ ।
उनीहरु विमानस्थलबाट बाहिर निस्किने क्रममा ढोकामा समर्थकहरूको ठूलो भीड लागेको थियो । त्यसक्रममा एकआसपमा धकेलाधकेल हुँदा विमानस्थलको सिसाको ढोका नै फुटेको हो ।
रास्वपाका शीर्ष नेताहरू भोलि मधेश प्रदेशको राजधानी जनकपुरमा हुने कार्यक्रमका लागि आज साँझ यहाँ आइपुगेका हुन् ।















प्रतिक्रिया