११ कार्तिक २०८३, बुधबार

एमालेबाट बझाङमा ऐन महर र कञ्चनपुर–१ मा तारा लामाले पाए टिकट

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले बझाङ र कञ्चनपुर–१ मा उम्मेदवार हेरफेर गरेको छ । पार्टीको पछिल्लो निर्णयअनुसार बझाङमा ऐन महर र कञ्चनपुर–१ मा तारा लामा तामाङले टिकट पाएका हुन् ।

शनिबार बसेको पार्टी सचिवालय बैठकले बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर–१ मा कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर पार्टीले ती दुवै उम्मेदवारलाई फिर्ता गर्दै बझाङमा महर र कञ्चनपुर–१ मा तामाङलाई उम्मेदवारका रूपमा अघि सारेको हो ।