काठमाडौं, १८ साउन । ड्यास माओवादीबाट अलग भएर नयाँ पार्टी बनाउने कार्यमा नेतृत्व गरेका नेत्रविक्रम चन्द विप्लवले आर्थिक स्थिति सुदृढ गर्न नयाँ तरिका अपनाएको खबर छ ।
आर्थिक मामिलामा निकै विवादास्पद छवि बनाएका खड्गबहादुर विश्वकर्मालाई पार्टीको आर्थिक संयोजक तोकेर उनीमार्फत युद्धस्तरमा पैसा उठाइरहेको कुरा उद्योगी–व्यवसायीहरुले गुनासो गरेको समाचार साँघु साप्ताहिकले छापेको छ ।
हरेक केन्द्रीय सदस्यले एक लाख रुपैयाँ उठाउन अनिवार्य जिम्मा तोकिएको छ ।
जसले दिदैन त्यसले पार्टी छाड भनेर निर्देशन जारी गरिएको छ भन्दै विश्वकर्माले आफू निकट पत्रकारहरुलाई भन्ने गरेका छन् ।
‘एक लाख उठाउन नसक्नेले कसरी अबका क्रान्तिको चुनौती समाना गर्न सक्छन् र केन्द्रीय सदस्य बन्न लायक हुन्छन् ? त्यसैले कडाइपूर्वक यसलाई लागू गराउन लागिएको छ’ प्रकाण्डको धारणा छ ।















प्रतिक्रिया