८ कार्तिक २०८३, आइतबार

हिन्दु राज्यको माग गर्दै बागलुङमा बृहत प्रदर्शन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hindu-1बलेवा (बागलुङ), १७ साउन । धार्मिक पर्यटनमार्फत यस क्षेत्रको रुपान्तरणको अभियान चलाएका धार्मिक सङ्घसंस्थाले मुलुकलाई सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै यहाँ प्रदर्शन गरेका छन् ।

अखण्डज्योतिबाबा स्वामी श्रीजी च्यारिटेवल ट्रस्टको अगुवाईमा आइतबार बागलुङ बजारमा प्रदर्शन तथा सभा गरिएको हो ।

विश्वको प्राचीन सभ्यता बोकेको बैदिक हिन्दु धर्म मान्ने आम नेपालीको भावनालाई कुन्ठित गर्दै नयाँ वन्न लागेको संविधानको प्रारम्भिक मस्यौदामा धर्मनिरपेक्ष मुलुक लेखेको भन्दै यसलाई तत्काल परिवर्तन गर्न आग्रह गरिएको छ ।

स्वामि कमलनयनाचार्यको निर्देशनमा जिल्लास्थित बिश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट बानपा–८, राधाकृष्ण सेवा समिति, कालिका भगवती मन्दिर, तिरुपतिबालाजी धाम फेदी, गौरीधाम शिवमन्दिर उपल्लाचौर बागलुङको आयोजनामा धार्मिक सद्भावको सभाको आयोजना गरिएको थियो ।

मुक्तिनाथ पीठाधीश स्वामी कमलनयनाचार्यको सक्रियतापछि बागलुङ लगायत देशभर हिन्दुराज्यको माग गर्दै प्रदर्शन गर्ने क्रमले तिब्रता पाएको छ ।

धर्मनिरपेक्ष हटाउन माग गर्दै काठमाडौँको टुंडिखेलमा स्वामी कमलनयनाचार्यले सम्बोधन गर्नेगरी बृहत धर्मसभाको आयोजनामा बागलुङबाट समेत सहभागिता जनाउने तयारी भएको कालिका भगवती मन्दिर गुठीका अध्यक्ष राजु खड्काले बताउनुभयो । रासस