८ कार्तिक २०८३, आइतबार

नेकपा एमालेमा नयाँ सङ्गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logoकाठमाडौंँ, १७ साउन । नेकपा (एमाले) को सङ्गठनसम्बन्धी संशोधित नियमावलीलाई पार्टीको केन्द्रीय सचिवालयले आज अन्तिमरुप दिएको छ ।

नवौं राष्ट्रिय महाधिवेशनपछि नियमावली संशोधनका लागि केन्द्रीय कमिटी र स्थायी कमिटीले सचिवालयलाई जिम्मा दिएको थियो ।

पार्टीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सचिवालय बैठकले नियमावली पारित गरेको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

नयाँ नियमावलीमा केन्द्रीय विभाग, फाँट र अञ्चल कमिटीमा सदस्य मनोनयन, पार्टी सदस्यतालगायतका विषयमा नयाँ मापदण्ड बनाइएकोे छ ।

सो नयाँ व्यवस्थाबारे चाँडै पार्टीभित्र सर्कुलर हुने बताइएको छ । रासस