८ कार्तिक २०८३, आइतबार

चितवनका अवैध मेडिकल बन्द गराइयो, डाक्टरलाई यस्तो चेतावनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

18-medical-studentsचितवन, १७ साउन । जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज यहाँका तीन स्वास्थ्य संस्थामा अनुगमन गरी दुईवटालाई सञ्चालनमा रोक लगाएको छ ।

जसमध्ये जय बुद्ध डेन्टल र लक्ष्मी पोलिक्लिनिकलाई एक हप्ताभित्र स्वीकृति लिएर मात्र सञ्चालन गर्न निर्देशन दिइएको छ । त्यसैगरी जय बुद्ध अस्पतालमा कार्यरत चिकित्सक सरकारी अस्पतालमा कार्यरत रहेकाले विभागीय सहमति ल्याउन निर्देशन दिइएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत ईश्वरी पोखरेलले बताउनुभयो ।

जयबुद्ध डेन्टल जयबुद्ध अस्पतालबाट छुट्टिएर घरेलु कार्यालयमा दर्ता गरी सञ्चालन हुँदै आएको थियो भने लक्ष्मी पोलिक्लिनिक सागर मेडिकल हलसँगै बिना दर्ता सञ्चालन हुँदै आएको थियो ।

सागर मेडिकल हल औषधि व्यवस्था विभागमा दर्ता छ भने लक्ष्मी पोलिक्लिनिक घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता गरी सञ्चालन गर्दै आएको अधिकृत पोखरेलले बताउनुभयो ।

सो पोलिक्लिनिकमा कार्यरत चिकित्सकलाई समेत बिनादर्ता भएको संस्थामा काम नगर्न सचेत गराइएको बताइएको छ ।

यसअघि पनि यहाँका पाँच डेन्टल क्लिनिक, दुई पोलिक्लिनिक र एक क्लिनिकमा अनुगमन गर्दा दर्ता नगरी सञ्चालन गरेको पाइएपछि स्थानीय प्रशासनले बन्द गराएको थियो । जसमध्ये तीन डेन्टल क्लिनिक र एक क्लिनिक जनस्वास्थ्य कार्यालयमा दर्ता गरी सञ्चालनमा आएको छ ।

स्वास्थ्य विभागले २५ शय्यासम्मको अस्पताल, पोलिक्लिनिक र क्लिनिकको अनुगमन गर्ने जिम्मा जिल्ला जनस्वास्थ्य कार्यालयलाई दिएपछि अनुगमनमा कडाइ गरिएको हो । रासस