८ कार्तिक २०८३, आइतबार

दाङमा दुम्सी मार्न खोज्दा दुईको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dumsi

– सुदर्शन रिजाल

दाङ, १७ साउन । दाङको राजपुर गाविसका दुई युवा दुम्सी मार्न खोज्दा आफै मृत्युको सिकार भएका छन् ।

दुम्सी लखेट्दै राजपुर ७ को सालभौरी जंगलको ओडाभित्र पसेका राजपुर ७ का कुलराज चौधरी र दुखराम चौधरीको ओडारमा निसास्सीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिजो साझ आगो बाल्दै ओडर पसेका उनीहरु बाहिर नआएपछि आज खोज्दा ओडारभित्रै निसास्सीएर मृत्यु भएको अवस्थामा सब निकालिएको दाङका प्रहरी प्रमुख कुवेर कठायतले जानकारी दिनुभयो । उनीहरु संगै ओडार पसेका अन्य ३ युवा भने विचबाटै बाहिर निस्किएकाले सकुसल रहेको बताईएको छ ।