६ कार्तिक २०८३, शुक्रबार

माघ ४ को काठमाडौं प्रदर्शन सफल बनाउन एमाले सचिव ढकाल र बस्नेतको निर्देशन

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतले माघ ४ गते काठमाडौंमा आयोजना हुने प्रदर्शनलाई केन्द्रमा राखेर संगठन परिचालन गर्न संयुक्त निर्देशन दिएका छन् ।

आज काठमाडौंमा सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उहाँहरूले माघ ४ गते बागमती प्रदेशको आयोजनामा काठमाडौंको भृकुटीमण्डपबाट सुरु हुने प्रदर्शनलाई भव्य र सन्देशमूलक रूपमा सफल बनाउन सबै संगठनहरूको अधिकतम सहभागिता सुनिश्चित गर्न आग्रह गरे ।

सचिव ढकालले सबै जनसंगठनहरूलाई योजनाबद्ध ढंगले परिचालन हुन निर्देशन दिए । त्यस्तै, सचिव बस्नेतले फेरि सिंहदरबार जल्ने जस्ता अवस्था नआओस् भन्नेमा युवाहरूलाई सचेत र अनुशासित ढंगले परिचालन गर्नु पर्नेमा जोड दिए ।

माघ ४ गते बागमती प्रदेशको आयोजनामा भृकुटीमण्डपबाट सुरु हुने प्रदर्शन प्रज्ञा प्रतिष्ठान, कमलादीमा पुगेर समापन हुने जनाइएको छ ।