– सुदीप अधिकारी
बर्दिया, १७ साउन । छिमेकीको खुकुरी प्रहारबाट बर्दियामा एक युवाको ज्यान गएको छ ।
गोला गाविस वडा नं. २ जोधीपुरका ३६ वर्षीय गंगाधर चालिसेको खुकुरी प्रहारबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । चालिसेलाई उनकै छिमेकी ३६ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढाक्षेत्रीले खुकरी प्रहार गरेको प्रहरीले जनायो ।
खुकुरी प्रहारबाट चालिसेको घाँटीर हातमा गहिरो चोट लागेको थियो । घटना लगत्तै उनलाई उपचारका लागि जिल्ला हस्पताल गुलरियामा पुर्याइएको थियो । अत्याधिक रक्तश्रावका कारण उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालिसे र टिकारामबीच शनिबार राति आपसी लेनदेनका कारण विवाद भएको थियो । विवाद बढ्दै जाँदा रिसको झोकमा टिकारामले चालिसेमाथि घर नजिकैको बाटोमा खुकुरी प्रहार गरेको प्रहरीको भनाई छ ।
खुकरी प्रहार गरे लगत्तै टिकाराम बुढाक्षेत्री फरार रहेकोले प्रहरीले जनाएको छ । फरार टिकारामको खोजी कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए ।















प्रतिक्रिया