६ कार्तिक २०८३, शुक्रबार

प्रथम एफएसयू क्रिकेट कप २०८२ को उद्घाटन सम्पन्न

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रथम एफएसयू क्रिकेट कप–२०८२ को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका स्ववियु सभापति समिर सिंहको अगुवाइमा आयोजित प्रतियोगिताको उद्घाटन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीले गरेका हुन् ।

उद्घाटन कार्यक्रममा अनेरास्ववियुका सचिव तथा प्रवक्ता समीम बाबु खान, सचिवालय सदस्य नितेश लामिछाने, केन्द्रीय सदस्य आशिष बाबु दाहाल, अनेरास्ववियु मधेशका संयोजक सतिश चन्द्र सिंह र सह–संयोजक जितेन्द्र यादवलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यार्थी खेलकुदले नेतृत्व विकास, अनुशासन र एकतालाई मजबुत बनाउने उल्लेख गर्दै प्रतियोगिताको सफलताको कामना व्यक्त गरेका थिए। आयोजक टिमले प्रतियोगितालाई ऐतिहासिक बनाउने उद्देश्यका साथ व्यवस्थित रूपमा आयोजना गरिएको जनाएको छ।