धनुषा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय कमिटी अध्यक्ष दीपक धामीको प्रमुख आतिथ्यतामा अनेरास्ववियु धनुषा जिल्ला कमिटीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ।
बैठकमा संगठन सुदृढीकरण, सदस्यता विस्तार तथा आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरिएको थियो। साथै यही पुस ३० गते सञ्चालन हुने मेची–महाकाली विद्यार्थी जागरण अभियानअन्तर्गत महोत्तरीको बर्दिबासमा आयोजना हुने मधेश भेलालाई भव्य र प्रभावकारी रूपमा सम्पन्न गर्ने निर्णयसमेत गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष धामीलेविद्यार्थी आन्दोलनलाई थप संगठित र परिणाममुखी बनाउने आवश्यकता औँल्याउँदै अभियानलाई सफल बनाउन सबै तहका कार्यकर्तालाई सक्रिय रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।






















प्रतिक्रिया