३० आश्विन २०८३, शुक्रबार

जेनेरेटरका कारण स्टक एक्सचेन्जको कारोबार प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

generator1-1024x796काठमाडौँ, १७ साउन । जेनेरेटर बिग्रिएपछि दैनिक १२ बजे हुने नेपाल स्टक एक्सचेन्जको कारोबार प्रभावित भएको छ ।

विद्युत्भार कटौतीका कारण सञ्चालनमा ल्याइएको जेनेरेटर बिग्रिएकाले नियमित १२ देखि ३ बजेसम्म हुने सेयरको कारोबार आज अपराह्न २ देखि ५ बजेसम्म हुने स्टकका नायब महाप्रबन्धक प्रमोद भट्टराई बताउनुभयो ।

डेडिकेटेड लाइन उपलब्ध हुन नसकेको र स्टकमा रहेको एउटा जेनेरेटर बिग्रिएकाले भाडामा अर्को जेनेरेटर ल्याएर काम सञ्चालन गर्न लागिएको राससलाई जानकारी दिँदै उहाँले धेरै लगानीकर्ताको लगानीमा तरलता उपलब्ध गराउने निकायमा विद्युत्को समस्याले सेयर बजारमा समस्या उत्पन्न हुनु दुखद् हो भन्नुभयो । रासस