१ कार्तिक २०८३, शनिबार

मन्त्री पण्डितको प्रश्न-‘तलब नेपालको खाने, डिभी र पिआर विदेशको लिने ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-panditगाईघाट (उदयपुर), १७ साउन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शान्तिपूर्ण रुपमा नयाँ संविधान जारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल उदयपुरद्वारा आज सदरमुकाम गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पण्डितले कुनै बाधा–अवरोध बिना नयाँ संविधान साउनभित्र नै जारी हुने बताउनुभयो ।

प्रादेशिक सीमाङ्कनसहित संविधान जारी हुन सके धेरैले चित्त बुझाउने मन्त्री पण्डितको भनाइ थियो । संविधान जारी भएलगत्तै नेकपा (एमाले)को नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दावी पनि मन्त्री पण्डितले गर्नुभयो ।

एक प्रश्नको उत्तरमा मन्त्री पण्डितले भन्नुभयो, “निजामती कर्मचारी ऐन चौथो संशोधनसहित अहिले प्रशासनिक सुधारको योजना ल्याइएका कारण कर्मचारी वर्गले राष्ट्रसेवक भएर काम गर्नैपर्ने हुन्छ, नत्र जागिर छाड्नुपर्छ ।”

स्वदेशको तलब खाएर डिभी र पिआर लिने अनि विदेशमा जाने कर्मचारीबीच व्याप्त प्रवृत्ति रोक्न र व्यापक प्रशासनिक सुधार गर्न अहिले आफूले अभियान नै चलाएको मन्त्री पण्डितको भनाइ थियो ।

पूर्वको विभिन्न जिल्लाको प्रशासनिक काम कारवाहीको अनुगमन गर्दै शनिबार बेलुकी उदयपुर आइपुग्नुभएका मन्त्री पण्डितले आजै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ । रासस