८ कार्तिक २०८३, आइतबार

बाख्रा चराउन गएकी ‘छोरी’लाई बाबुका साथीले यसरी गरे बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rapeधनुषा, १७ साउन । आफ्नै छिमेकीकी छोरी बलात्कार गर्ने एक पुरुष पक्राउ परेका छन् ।

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गणेशमान चारनाथ नगरपालिका–५ बस्ने ४५ बर्षीय दुर्गे क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

क्षेत्रीले शनिबार सोही ठाउँ बस्ने १४ बर्षीया बालिकालाई बाख्रा चराउन गएको अवस्थामा जवरजस्ती करणी गरेका थिए । उनले बाख्रा चराउन गएकी बालिकासँग सँगै गएर बीच जंगलमा पुगेपछि रुखमा ठड्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । जबरजस्ती गर्दा उनले बालिकाको शरीरका विभिन्न ठाउँमा दाँतले काटेका थिए ।

यस्तो व्यवहार गरेपछि स्थानीय बासिन्दाले उनलाई कुटपिट गरिरहेको बेला इलाका प्रहरी कार्यालय पोर्टाहाको प्रहरी टोलीले गाउँलेबाट बचाएर पक्राउ गरी हिरासतमा राखेको हो ।

पीडित बालिकालाई उपचारको लागि अंचल अस्पताल जनकपुर पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।