काठमाडौं, १७ साउन । पछिल्लो समय अमेरिकी डलरको मूल्य निरन्तर महंगिएको छ । आइतवार मात्र डलरको मूल्य १ सय २ रुपैयाँ ९३ पैसा पुगेको छ ।
डलरको नेपाली मुल्य आइतबार ३१ पैसाले बढेको हो । मूल्य बढेसँगै डलरको खरिददर मूल्य १ सय २ रुपैयाँ ३३ पैसा कायम भएको छ । शुक्रवार डलरको विक्रीदर मूल्य १ सय २ रुपैयाँ ६२ पैसा र खरिददर १ सय २ रुपैयाँ २ पैसा थियो । केही समयअघि अमेरिकाको केन्द्रिय बैंकले डलरको मूल्य १ सय ३ रुपैयाँसम्म पुग्ने आँकलन गरेको थियो ।
डलरको मूल्य बढेसँगै सुनको मूल्य पनि अझै सस्तो हुने निश्चित भएको छ । डलरको मूल्य बढे सुनको मूल्यमा पनि गिरावट आउँछ ।















प्रतिक्रिया