१२ कार्तिक २०८३, बिहिबार

जाँचबुझ आयोगले बयानका लागि ओलीलाई पठायो पत्र

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएपछि आयोगले ओलीलाई पत्र पठाएको हो ।

आयोगले तत्कालीन गृहमन्त्री, प्रधानसेनापति, प्रहरीका वर्तमान र पूर्वप्रमुख, सशस्त्र प्रहरीका प्रमुख, काठमाडौंका तत्कालीन सीडीओ, काठमाडौं प्रहरी परिसरका तत्कालीन प्रमुख लगायतसँग बयान लिइसकेको छ ।