८ कार्तिक २०८३, आइतबार

मोरङको केराबारीमा छ सय परिवार बाढीको जोखिममा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morang_districtमोरङ, १७ साउन । मोरङ केराबारी–७ का ६०० परिवार बाढीको जोखिममा परेका छन् ।

यस वर्षको बाढी स्थानीय मुगु खोला पूर्वपट्टिको भागमा धार परिवर्तन गरीस्थानीय बस्ती नजिकै भङ्गालो आइपुगेकाले गाउँले रातभरि जाग्राम बस्ने गरेको स्थानीयवासी मधु राईले बताउनुभयो ।

स्थानीयवासी चिन्तामणि गुरागाईंका अनुसार खोला नियन्त्रणका लागि स्थानीयवासीले प्रयास गरे पनि पहाडी भेगमा आएको मुसलधारे पानीका कारण एकै रातमा बाढी नियन्त्रण गर्ने प्रयास असफल भयो ।

बाढी नियन्त्रणका लागि बाँस, साना रुखका बोटबाट बनाएको बार र पूर्वी छेउमा ढुङ्गा थुपारेर लगाएको पर्खाल सबै भत्किएका छन् ।

बाढीले तीन बिघा खेत बगर बनाएको तथा १३ बिघा खेतमा लगाइएको धानबाली नोक्सान पु-याएको बताइएको छ ।