काठमाडौं, १७ साउन । मुलुक विखण्डनको वकालत गरिरहेका नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंहलाई कारबाही गर्न पार्टी संसदीय दल र केन्द्रीय सदस्यहरुबीचबाटै आवाज उठेको छ ।
कांग्रेस केन्द्रीय सदस्य र संसदीय दलको शुक्रबार बसकेको बैठकमा सदस्यहरुले अमरेशलाई तत्काल पार्टीभित्रबाट कारबाही गर्नुपर्ने माग गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
त्यस्तै पार्टीको धर्मनिरपेक्षताको आधिकारिक लाइनविपरीत हिन्दु राष्ट्र को लागि राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका पार्टी केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई शुक्रबार बैठकमा नबोलाएर सभापतिले उनीप्रति आफ्नो अप्रसन्नता व्यक्त गरेका छन् ।















प्रतिक्रिया