एडेन (यमन), १६ साउन । निर्वासनमा रहेका यमनी प्रधानमन्त्री खालद बहाह यमनको दक्षिणी सिमानामा अवस्थित् एडेन शहरमा शनिबार आइपुग्नुभएको छ ।
प्रधानमन्त्री बहाह यमनको दक्षिण इलाकामा अवस्थित मुख्य शहर एडेनलाई सरकारपक्षको फौजले हुली विद्रोहीको नियन्त्रणलाई पुनःकब्जामा लिएपछि यहाँ आइपुग्नुभएको छ ।
यमनी उप-राष्ट्रपतिसमेत रहेको बहाह छ मन्त्रीसहित एडेन अन्तरराष्ट्रिय विमानस्थलमा साउदी विमानमार्फत् आउनुभएको हो । उहाँलाई साउदी अरेविया नेतृत्वको संयुक्त सुरक्षाफौजको सुरक्षाबीच एडेन आइपुग्नुभएको सिन्ह्वालाई विमानस्थल स्रोतले जनाएको छ ।
उहाँलेहरुले त्यहाँ हुठी विद्रोही फौजसँग एडेनको छिमेकी प्रान्तहरु लाहज र अब्यानमा सैन्य कार्वाहीका विषयमा छलफल गर्नुहुने जनाइएको छ। प्रधानमन्त्री बहाहलगायतको सरकारी समुहले द्वन्द्वरत क्षेत्रमा रहेको यमनी नागरिकको खाद्यान्न पुनःनिर्माणलगायत अन्य सहयोगका बारेमा पनि छलफल गर्ने बताइएको छ ।
साउदी अरेविया नेतृत्वको संयुक्त सुरक्षाफौजले सिया हुठी मिलिसिया र पूर्वराष्ट्रपति अलि अब्दुल्लाह सालेहले गएको मार्चदेखि एडेनमा आक्रमण सुरु गरेको थियो । सालेह समर्थक हुठी विद्रोहीले एडेनमाथि कब्जा जमाइरहेकोमा संयुक्त सुरक्षाफौजको आक्रमणपछि विद्रोहीपक्ष हालै पछि सरेको छ ।
सिया हुठी समूहले यमनी राजधानी सानामाथि कब्जा जमाएपछि वर्तमान यमनी राष्ट्रपतिलाई गएको सेप्टेम्बरमा सानाबाट धपाइएको थियो । त्यसपछि राष्ट्रपति अव रब्बु मन्सुर हादीले एडेनलाई अस्थायी राजधानी घोषणा गर्दै त्यहाँ पग्ुनुभएको थियो ।
पछि उहाँसहित सरकारी मन्त्रीहरु गएको मार्च २६ तारिखदेखि साउदी अरेवीयाको राजधानी रियादमा शरणार्थी अवस्थामा वसिरहनुभएको छ । उहाँले जुलाई १७ तारिखमा एडेनको ‘मुक्ति’ भएको घोषणा गर्नुभएको छ । साथै यो सम्पूर्ण राज्यलाई मुक्त गर्ने प्रयासको पहिलो कदम हो भन्नुभयो ।
यसैबीच, साउदी नेतृत्वको फौजले यमनको मध्यप्रान्त मारिवमा हवाई आक्रमण गर्दा २५ हुठी विद्रोहीको मृत्युभएको शनिबार सुरक्षा स्रोतले सिन्ह्वालाई जनाएको छ ।
सुरक्षा स्रोतले भनेको छ, युद्धक विमानले हुटी विद्रोहीलाई निशाना बनाउँदै जाफ्ना र बालाक इलाकामा अहिले कार्वाही चलाइरहेको छ । यस्तै हाडी पक्ष र हुठी विद्रोहीबीच तेलको लागि सम्विद्ध मानिएको प्रान्तमा पनि शनिबार साँझसम्म झडप भइरहेको छ । रासस/सिन्ह्वा















प्रतिक्रिया