८ कार्तिक २०८३, आइतबार

झगडा भएपछि स्वास्नीलाई कुटिकुटि हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kutpitम्याग्दी, १६ साउन । म्याग्दीमा एक पुरुषले आफ्नै श्रीमतीलाई कुटिकुटि हत्या गरेका छन् ।

ताकम–८ शिवाङ बस्ने ३८ वर्षीया लालमती कामीको उनकै पति ३७ वर्षीय रामबहादुर कामीले कुटपिट गर्दा मृत्यु भएको छ । साउन १२ गते कुटपिट गर्दा घाइते भएकी लालमतीको स्वास्थ्य चौकी ताकममा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।

रामबहादुरलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।