८ कार्तिक २०८३, आइतबार

सुशीलको निर्देशनमा खुमबहादुरलाई केन्द्रीय कार्यसमिति बैठकमा बोलाइएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khumbahadur-Khadka-1काठमाडौं, १६ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा केन्द्रीय सदस्य खुमबहादुर खुड्कालाई खबर नगरेको रहस्य खुलेको छ ।

काठमाडौंको बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा आज (शनिबार) आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य खड्काले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकका विषयमा जानकारीनै नदिइएको बताएका छन् ।

‘आज केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बसेको रहेछ । बैठकले गरेका निर्णय पछि मात्रै थाहा पाए,’ खड्काले भने, ‘बैठकमा हिन्दूराष्ट्रका पक्षमा मैले चलाएको अभियानबाट केही नेताहरू डराएर नबोलाएका होलान् ।’

नेता खड्काले आफूलाई बैठकमा नेबालाइएका विषयमा धेरै ठूलो रुपमा नलिएको बताए । तर उनले पार्टीलाई प्रजातान्त्रिक र सांगठनिक रुपमा अघि बढाउने हो भने विधि र बिधानलाई मान्नुपर्ने उल्लेख गरे ।

केन्द्रीय सदस्य खड्कालाई केन्द्रीय कार्यसमिति बैठकमा किन खबर नगरेको भन्ने जिज्ञासामा कांग्रेसका सचिव प्रदीप पराजुलीले गोलमटोल जवाफ दिँदै भने, ‘एसएमएस पठाएका थियौँ । सायद पाउनु भएन होला !’ सचिव पराजुलीले अगाडि थपे, ‘शुक्रबार राति दस/एघार बजे केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बस्ने निर्णय भएको हो । यो आकस्मिक बैठक हो । खै कसरी छुट्नु भो ।’

बैठकको तयारी र पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई बोलाउने जिम्मेवारी मुख्य सविच र सचिवको जिम्मेवारी हो । तर कांग्रेस केन्द्रीय कार्यालयका कर्मचारीहरूनै गैर जिम्मेवार भएका हुन् वा केन्द्रीय पदाधिकारी त्यो भने कौतुहलताको विषय बनेको छ ।

खुमबहादुर खड्का त कांग्रेसमा प्रभाव राख्ने नेता हुन् उनलाई पार्टी कार्यालयबाट फोन गरेरै बोलाउनु पर्ने होइन र ? भन्ने जिज्ञासामा सचिव पराजुलीले भने, ‘होइन छोटो समय भएकाले उहाँलाई फोन गर्न सकिएन । एसएमएस पठाएका थियौं । खै किन पाउनु भएन छ !’

प्रधानमन्त्री सुशील कोइरालाको सरकारी निवास बालुवाटारमा टेन्ट खडा गरेर बसेको कांग्रेसको संयुक्त बैठकले महाधिवेशन र संविधानको मस्यौदामा विभिन्न खालका सुझाव दिएको छ ।

यति ठूलो र महत्वपूर्ण बैठकमा कांग्रेसमा दख्खल राख्ने नेता खड्कालाई कांग्रेसले नबोलाउनुको रहस्यका विषयमा खड्काले भने, ‘मसहितका साथीहरूले मुलुक हिन्दूराष्ट्रका पक्षमा जानुपर्छ भनेका छौं । अभियाननै चलाएका छौं । सायद त्यही अभियानबाट डराएर होला मलाई बैठकमा नबोलाएको । मैले हिन्दूराष्ट्रका विषयमा अडानका साथ बैठकमा कुरा राख्छु नि त ।’

स्रोतका अनुसार खड्काले हिन्दूराष्ट्रका पक्षमा सभासद र केन्द्रीय सदस्यहरूलाई भड्काइदिनेभन्दै बैठकमा नबोलाइका हुन् ।