पर्सा, १६ साउन । पर्सामा अपहरणमा परेकी एक बालिकाको सकुशल उद्दार गरिएको छ ।
भेडीहाडी–४ बस्ने मकुन हजाराकी छोरी १२ वर्षीया सरस्वती कुमारीको अपहरण गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरिया नगरपालिका–२ बस्ने ३० वर्षीय भुपेन्द्रप्रसाद साह, २३ वर्षीय रामकलश साह र २४ वर्षीय गोबिन्दप्रसाद चौहान रहेका छन् ।
सरस्वती गएराति पिसाब फेर्न घरबाहिर निस्केको अवस्थामा उनीहरुले बिआर २२ एम १८२१ नम्बरको मोटरसाइकलमा जबरजस्ती राखी लगेका थिए ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाले स्थानीयबासीको सहयोगमा पोखरीया नगरपालिका–२ बाट पीडित बालिकालाई सकुशल उद्धार गरी उनीहरुलाई पक्राउ गरेको हो ।
अपहरणको कारण खुल्न सकेको छैन् । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया