८ कार्तिक २०८३, आइतबार

दार्चुला कांग्रेस-एमाओवादीमा विवाद, धमाधम पार्टी छाड्दै कार्यकर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nc– नरेन्द्रसिह कार्की

दार्चुला, १६ साउन । अपी नाम्पा संरक्षण क्षेत्रको व्यवस्थापन परिषद गठन पश्चात नेपाली काग्रेस र एमाओवादी भित्र किचलो बढेको छ । परिषदको अध्यक्ष पदको उम्मेदवारी छनौटमा सही व्यवस्थापन हुन नसक्दा किचलो बढेको हो ।

शनिबार एमाओवादी सचिवालय सदस्य प्रेमसिह धामीले आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी एमाओवादी परित्यागको घोषणा गरे । लामो समयदेखि एमाओवादीको सिपाही भएर काम गरे, नेता धामीले भने, ‘हरेक पटक मूल्यांकन हुनुको साटो धाकधम्की आउन छोडेन । यस्तो अवस्थामा एमाओवादी भित्र बसेर काम गर्न सकिदैन ।’

‘इमान्दारीताको संस्थापन पक्षले कहिले सकारात्मक रुपमा हेरेन,’ धामीले भने, ‘गैरराजनीतिक चरित्र भएका व्यक्तिहरुले निषेधको राजनीति गरेको कारण पार्टी परित्याग गरेको हु ।’

उनले भने, सबै आफन्त बुद्धिजीविको सल्लाह अनुसार पार्टी परित्याग गर्ने निर्णय गरेको हु । आफ्नो पार्टी परित्यागको निर्णयमा केही जिल्ला कमिटीकै सदस्यहरुको समर्थन रहेको धामीको भनाई छ । पार्टी भित्र यस्तै निषेधको राजनीति गर्ने हो भने अन्य जिल्ला कमिटीका सदस्यहरु पनि पार्टीमा बस्न नसक्ने उनको तर्क छ । उनले २०५७ सालमा भारतको बेंगलोरबाट राजनीति शुरु गरेका हुन् । आफुले पार्टी त्याग पश्चात कुनै पनि दलमा अहिले नै प्रवेश नगर्ने बताए ।

यसैगरी शुक्रबार भएको संरक्षण क्षेत्र परिषदको अध्यक्षमा नेपाली काग्रेसका उम्मेदवार ललितसिह बोहरालाई समर्थन गरेका नरेन्द्रबहादुर सिंहले शनिबार विज्ञप्ती प्रकाशित गरी पुन एमाओवादीमा फर्किएको जनाएका छन् । संरक्षण क्षेत्रको लटिनाथ गाविस उपभोक्ता समितिमा काग्रेसबाट अध्यक्ष भएका उनी यसअघि एमाओवादीका कार्यकर्ता थिए । परिषदको निर्वाचनमा आफुलाई काग्रेसले अपहरण गरी बन्धक शैलीमा जबरजस्ती निर्वाचन प्रक्रियामा सहभागि गराएको सिंहको विज्ञप्तीमा उल्लेख छ ।
उता नेपाली काग्रेसका नेता गौरीशंकर गिरी माथि हातपात भएको छ ।

जिल्लामा शेरबहादुर देउवा निकट मानिने गिरीको कारण संरक्षण क्षेत्रमा काग्रेसको हार व्यहोरेको भन्दै गिरीमाथि हातपात भएको हो । उनलाई काग्रेसकै कार्यकर्ताबाट हातपात भएको स्रोतले जनायो । चक्रसिह ह्याकीको घरमा बस्ने गरेको कारण उनलाई मदिरा सेवन गरेका दुई जना केटाहरुबाट हातपात भएको देउवा निकट मानिने एक नेताले बताए । चक्रसँग हिचमिच भएर उनलाई विद्रोह गर्न लगाएको संस्थापनको आरोप छ ।

जिल्लाको २१ गाविस समेटेर घोषणा भएको अपी नाम्पा संरक्षण क्षेत्रले स्थापनाको पाँच वर्षपछि परिषद गठन गरेको हो ।