८ कार्तिक २०८३, आइतबार

बाढीले बाटो बगाएपछि आवतजावतमा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sadakमुगु, १६ साउन । पटक पटकको वर्षाले खोलामा बाढी बढ्न गई यहाँको एक खोलामाथि लगाएको काठे साँघु र सडक बगाई गल्छी बनाउँदा सर्वसाधारणलाई सदरमुकाम तथा गाउँमा आवतजावत गर्ने समस्या भएको छ ।

एक हप्तायता पटक पटक परेको पानीले जिल्ला सदरमुकाम गमगढीबाट पूर्व एक घन्टाको पैदल दूरीमा रहेको सालिम खोलामाथि रहेको काठे पुल र गमगढी नाग्चे लाग्ने निमार्णाधीन सडक बगाई गहिरो गल्छी बनाउँदा उक्त बाटो भएर करान भेगका पाँच गाविस तथा जिल्ला सदरमुकाममा आवतजावत गर्ने बटुवालाई समस्या भएको हो ।

पानीले बाटो बगाएपछि निर्माणाधीन गमगढीदेखि चीनको सिमाना नाग्चे लाग्नेसम्मको सडक निर्माण कार्यमा पनि अवरोध खडा भएको छ । बाटो नभएपछि सदरमुकाम गमगढीबाट स्काभेटर चलाउन इन्धन लिन नसकिएकाले सडक निर्माणको काम रोकिएको छ भने पाँच गाविस माग्री, पुलु, किम्री, डोल्फु, र रोवा गाविसका केही बस्तीमा आवतजावत गर्न कठिनाइ भएको छ ।

रोवा गाविसले अस्थायी रुपमा काठ लगाएर बाटो खुलाए पनि गहिरो गल्छीमाथि भारीसहित आवतजावत गर्न सर्वसाधारण डराउने गरेका छन् । यी गाविसमा अन्नबालीको उत्पादन कम हुने भएकाले टाढाटाढासम्म पुगेर व्यापार गर्ने र आम्दानीबाट घरपरिवार पाल्न चामल, पिठो, दाललगायतका दैनिक उपभोग्य वस्तु किनेर घर ल्याउने भएकाले मूलबाटो नै अवरुद्ध हुँदा यहाँका बासिन्दा चिन्तित छन ।

माग्री, मह गाउँका अगुवा छिरिङक्याप्ने लामा भन्नुहुन्छ – करान भेगका पाँच गाविसका बासिन्दा वर्षभरिलाई पुग्ने अन्न बाहिरबाट चौँरी, खच्चर, घोडामा बोकाएर आफ्नो घरमा ल्याउने गर्छन् तर अहिले खोला साँघु बगायो भारी बोकेका जनावरलाई खोला पार गर्न कठिनाइ भएको भन्दै चिन्ता व्यक्त गर्छन् । रासस