७ कार्तिक २०८३, शनिबार

प्रशासनको अनुमतिबिनै तीन दिनदेखि माइतीघरमा जेनजी आन्दोलन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीन दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वमा संयुक्त जेनजी आन्दोलन जारी छ ।

जेनजीको भावनाअनुरूप सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरिएको छ । जेनजी अगुवा हरिश भट्टका अनुसार, प्रशासनको अनुमति नदिएपछि दैनिक प्रहरीले हटाउन खोजिरहेको छ ।

“हाम्रो आन्दोलन जारी छ । प्रशासनले अनुमति दिएन । दुई दिन प्रहरीले आन्दोलनमाथि दमन गरेको छ । जेनजीका मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,” भट्टले बाह्रखरीसँग भने ।

संविधान पुनर्लेखनसँगै सर्वपक्षीय सरकार गठन गरी देशलाई निकास दिनुपर्ने माग जेनजीहरूको छ । पहिलो दिन सोमबार (पुस ७) प्रहरीले दुई दर्जनभन्दा बढी जेनजीलाई नियन्त्रणमा लिएको थियो ।