७ कार्तिक २०८३, शनिबार

राष्ट्रियतामाथि आघात पुर्‍याउने काम भए टुलुटुलु हेरेर बस्दैनौँ : माधव नेपाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका छन् ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियान शुभाम्भ कार्यक्रममा सहसंयोजक नेपालले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी नीति र संविधानको रक्षाका लागि जनतामाझ जान लागिएको बताएका हुन् ।

उनले मुलुकको राष्ट्रियताप्रति कुनै किसिमले आघात पुर्‍याउने काम भए टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारे ।

त्यस्तै, उनले पार्टीको मुख्य आधार र प्राण जनता नै भएकाले जनताको घरदैलोमा पुगेर उनीहरूको गुनासो, अपेक्षा र सुझाव सुन्ने तथा जनताको विश्वास पुनरावृत्ति गर्ने धारणा राखे ।

उनले देशमा बढ्दो बेरोजगारी, युवाहरूको विदेश पलायन, र जनताका दैनिक जीवनका समस्याहरूलाई गम्भीर रूपमा उठाएर तिनको सम्बोधनका लागि दबाब सिर्जना गर्ने उल्लेख गरे ।

विगतमा सरकारमा रहँदा वा अन्य समयमा पार्टीबाट भएका कमीकमजोरीहरूको आत्मसमीक्षा गर्ने र जनतामा देखिएका केही असन्तुष्टिहरूलाई सुधार्दै अघि बढ्ने उनले बताए । साथै, उनले पुराना पार्टीहरू वा नेताहरूले केही गरेनन् भन्ने खालका सतही र मनोसामाजिक आरोपहरूको तथ्य र प्रमाणका आधारमा प्रतिवाद गर्ने तथा पार्टीले विगतमा गरेका कामहरूको फेहरिस्त जनतामा लैजाने योजना रहेको जानकारी दिए ।