४ कार्तिक २०८३, बुधबार

कतारमा ग्याँस बिस्फोट हुँदा मृत्यु भएका चार नेपालीका परिवारले क्षतिपूर्ति पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gassदोहा, १६ साउन । कतारको तल्लो ‘क्रिमिनल कोर्ट’ले ग्याँस बिस्फोटका दोषीहरुलाई पाँच बर्ष जेल सजाय सुनाउनुको साथै पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसाला सुनाएको छ ।

डेड वर्षअघि कतारस्थित इस्तानबुल रेष्टुरेष्टमा ग्याँस बिस्फोट हुँदा चार नेपाली सहित ११ जना कामदारको ज्यान गएको थियो । ३० जना घाइते भएका थिए ।

अदालतले मुख्य दोषीलाई पाँच बर्ष र साहायक दोषीलाई दुई बर्षको जेल सजाय सुनाएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनीहरुलाई १० देखि ६ हजार रियाल जरिवाना समेत तोकिएको छ ।

अदालतले बल्डमनि बापत प्रति पीडित परिवारलाई एक लाख रियाल (करिब २८ लाख रुपैया) दिन फैसला सुनाएको छ । जसमा मुख्य दोषीबाट ६० हजार र साहायक दोषीबाट ४० हजार रियाल भराउने फैसाला गरेको हो ।

घाइतेलाई ६ सय देखि १० हजार रियाल क्षतिपुर्ति दिनुपर्ने फैसाला सुनाएको छ ।

सन् २०१४ फ्रेववरी २७ मा रेष्टुरेष्टको ग्यास ट्याकी असाबधानी अपनाउदाँ बिस्फोट भएको थियो ।

त्यस बिस्फोटमा परी त्यस रेष्टुरेन्टसँगै जोडिएको अर्को अल रुबाबी रेष्टुरेष्टमा काम गर्ने नेपालीको घटनास्थलमै ज्यान गएको थियो । चारै जना बाग्लुङका हुन् ।

हिला गाबिस काँक्राखोरका दुर्गा कार्की, अर्गल- ५ का यमबहादुर खत्री, अर्गल- ६ का मनबहादुर खत्री, अम्बरभुमिका टंकबहादुर क्षेत्रीको ज्यान गएको थियो ।

अदालतले दोषी देखाउने चारै जना आप्रबासी कामदार हुन् । मुख्य दोषीमा प्रतिष्टीत ग्याँस तथा पेट्रोल कम्पनी उकुद र कतार ग्याँसका सुपरभाइजर तहमा कार्यरत कामदार हुन् ।

अदालतले उनीहरुलाई अनुगमन नगरी ग्याँस भरेकोमा दोषी लगाएको छ । ती चार जनालाई सम्पत्ति बिनास सहित कानुनको अबज्ञा गरेको सहित अरु चार अभियोग समेत दर्ता गरेको छ ।

कतारमा यो भन्दा ठुलो घटना सन् २०१२ मा भिलाजिलो महलमा आगोलागी हुदाँ १९ जनाको ज्यान गएको थियो ।

नेपाली दुताबासले पीडित परिवारलाई क्षतिपुर्ति दिन छुट्टै मुद्दा दयार गरेको छ । यो मुद्दा अदालतमा चलिरहेको छ ।

मृतकका आफन्त नगेन्द्र खत्री र पदम खत्री घटनाबाट परिवारमा ठुलो आघात परेको बताएका छन् ।

‘परिवार दोषीलाई कारबाही हुनुको साथै उचित क्षतिपुर्तिको लागि लडिरहेको छ’, पदमले भने,‘हामी जतिसक्दो छिटो क्षतिपुर्ति पाउन पाए हुन्थ्यो भन्ने छ ।’